• ट्रेण्डिङ्ग :
अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो

अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो


  • 6.8K
    SHARES
    • बैशाख १०, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 10.5K Views

    अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो

    मध्यविन्दु, वैशाख  १० ।  सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–बुटवल सडक दुईतर्फी सञ्चालनमा आएको छ । 

    images

    नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा मङ्गलबार दिउँसो सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो ।  

    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार सुक्खा पहिरो खसिरहेका कारण आवतजावत रोकेर पहिरो पन्साइएको थियो ।सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन बाटोमा अलपत्र परेका थिए । 

    हाल दाउन्ने खण्डमा राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म सवारी आवागमन रोकेर सडक विस्तार भइरहेको छ । रासस


    तेस्रो आँखा