• ट्रेण्डिङ्ग :
सरकार र आन्दोलनरत शिक्षकहरूबिच वार्ता जारी

सरकार र आन्दोलनरत शिक्षकहरूबिच वार्ता जारी


  • 6.2K
    SHARES
    • बैशाख १३, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 9.5K Views

    सरकार र आन्दोलनरत शिक्षकहरूबिच वार्ता जारी

    काठमाडौँ, १३ बैशाख । सरकार र आन्दोलनरत शिक्षकहरूको वार्ता जारी छ । शनिवार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकार र शिक्षक महासंघका प्रतिनिधिबिचको वार्ता भइरहेको हो ।

    images

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूलाई लचिलो भएर वार्तामा आउन आह्वान गरेसँगै शुक्रवार साँझ नै शिक्षकका केही प्रतिनिधिहरू सिंहदरबार पुगेका थिए । तर सरकारले बनाएको वार्ता टोलीप्रति असहमति जनाउँदै गेटबाटै बाहिरिएका थिए । 

    आज भने बिहानै मन्त्रालयमा शिक्षक महासंघका प्रतिनिधिहरू पुगेका थिए । शिक्षामन्त्री पन्तको उपस्थितिमा मन्त्रालयमै वार्ता भइरहेको छ । गत वर्षको चैत्र २५ गतेदेखि विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । 

    उनीहरुले सरकारले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म विद्यालय आन्दोलन नरोक्ने चेतावनी समेत दिएका छन् । 


    तेस्रो आँखा