• ट्रेण्डिङ्ग :
गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु, दुई जना घाइते

गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु, दुई जना घाइते


  • 4.4K
    SHARES
    • बैशाख १५, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 6.8K Views

    गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु, दुई जना घाइते

    सुलीकोट, बैशाख १५ । गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा सहिद लखन गाउँपालिका – १ बक्राङका ४२ वर्षीय राजु खनालको मृत्यु भएको छ भने पालुङटार नगरपालिकाका – ७ का ५० वर्षीय सुक माया आले र उहाँकी बुहारी १८ वर्षीय बिपना आले गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय गोरखका प्रहरी निरीक्षक धुब्र प्रसाद शर्माले जानकारी दिनुभयो । 

    images

    उहाँका अनुसार आइतबार बेलुका ८ः ५० बजे राती घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते हुनु भएका उहाँले बताउनुभयो । सहिद लखन गाउँपालिकाका खनाललाई इलाका प्रहरी कार्यालय मनकामनाको प्रहरी टोली र स्थानीयले गोरखा अस्पतालसम्म पुर्‍याएको प्रहरी निरीक्षक शर्माको भनाई छ । 

    चट्याङ लागेर बेहोस हुनु भएका खनाललाई गोरखा अस्पतालमा उपचारको क्रममा राती १२ ४० बजे चिकित्सकले मृतक घोषण गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख वासुदेव पाठकले बताउनुभयो । मृतक खनालको शब पोस्टमार्टमको लागि शब गृहमा राखिएको प्रहरी प्रमुख पाठकको भनाई छ । 

    चट्याङमा परी पालुङटार – ७ का सुक माया आले र उनकी बुहारी बिपनालाई थप उपचारको लागि चितवनको नारायणी सामुदायिक अस्पताल पठाइएको बताइएको छ ।गोरखापत्र 


    तेस्रो आँखा