• ट्रेण्डिङ्ग :
तेस्रो आँखाका प्रबन्धक निर्देशक नेपाल अमेरिका पत्रकार संघमा निर्वाचित

तेस्रो आँखाका प्रबन्धक निर्देशक नेपाल अमेरिका पत्रकार संघमा निर्वाचित


  • 13.6K
    SHARES
    • बैशाख २९, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 21.0K Views

    तेस्रो आँखाका प्रबन्धक निर्देशक नेपाल अमेरिका पत्रकार संघमा निर्वाचित

    दाङ, २९ बैशाख । डिबी मिडिया ग्रुप प्रालिकाे अनलाइन प्रकाशन तेस्रो आँखा डटकमका प्रबन्धक निर्देशनक डिबि (डिल्ली बहादुर) रावत नेपाल अमेरिका पत्रकार संघ (नेजा)को केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ। 

    images

    आइतबार अमेरिकाको नाभाडा राज्यको लस भेगासमा सम्पन्न संघको नवौं महाधिवेशनबाट सुरज भण्डारीको नेतृत्वमा निर्विरोध निर्वाचित कार्यसमितिमा रावत निर्वाचित हुन भएको हो ।IMG-20250512-WA0014.jpg

    यो अधिवेशनले भण्डारीको नेतृत्वमा १७ सदस्यीय केन्द्रीय कार्यसमिति बनाएको छ। यसअघिको अधिवेशनबाट पनि भण्डारी नै अध्यक्षमा चुनिनुभएको थियो । संघको उपाध्यक्षमा कल्पना घिमिरे, महासचिवमा ईश्वरी न्यौपाने, कोषाध्यक्ष झरना अधिकारी र सचिवमा शंकरबहादुर थापा निर्वाचित हुनुभएको हो । WhatsApp Image 2025-05-12 at 11.02.00_1da8b1e1.jpg

    त्यस्तै रावतसँगै सुजन पण्डित, बाबुराम दाहाल, दीपेन्द्र खड्‌का, जानु पंगेनी, यशोदा तिम्सिना, राजकुमार तामाङ (गाेले), डिबि (दिल्लीबहादुर) र डोल्मा लामा चुनिनुभएको हाे ।WhatsApp Image 2025-05-12 at 11.02.00_20a29bce.jpg

    त्यस्तै डिसी मेट्रोका लागि क्षेत्रीय संयोजक सृजना काफ्ले, उत्तरपूर्वी क्षेत्रीय संयोजक शान्तिराज राई, पश्चिम क्षेत्रीय संयोजक दीपक दाहाल र मध्ये अमेरिकी क्षेत्रीय संयोजकमा ओम आचार्य निर्वाचित हुनुभएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप