• ट्रेण्डिङ्ग :
पोखरामा माइक्रो दुर्घटना, ३ जनाको मृत्यु

पोखरामा माइक्रो दुर्घटना, ३ जनाको मृत्यु


  • 7.6K
    SHARES
    • जेठ १, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 11.6K Views

    पोखरामा माइक्रो दुर्घटना, ३ जनाको मृत्यु

    लेखनाथ, वैशाख ३१  । पोखरा महानगरपालिका – ३२ लामेआहालमा बुधबार दिउँसो भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । काठमाडौँबाट पोखरा आउँदै गरेको ग १ ज ८६३० नम्बरको माइक्रोबस दिउँसो साढे ३ बजेतिर दुर्घटना हुँदा घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको हो ।

    images

    जिल्ला ट्राफिक प्रहरी कार्यालय कस्कीकी प्रमुख शोभा पाण्डेले उपचारका लागि पश्चिम क्षेत्रीय अस्पतालमा ल्याइएका चार जनामध्ये तीन जनाको मृत्यु भएको जानकारी दिनुभयो । मृतकको परिचय खुल्न बाँकी छ ।

    दुर्घटना भएको विद्युतीय माइक्रोमा चालकसहित ११ जना सवार रहेकोमा घाइते सात जनाको पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

  • सम्बन्धित विषय:

  • # पोखरामा माइक्रो दुर्घटना

  • तेस्रो आँखा