सल्यान, २ जेठ । सल्यान जिल्लाका १० वटा पालिकाहरु मध्ये सबैभन्दा बढी बेरुजु शारदा नगरपालिकाको रहेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/८१ को प्रतिवेदन अनुसार शारदा नगरपालिका जिल्लाको सबैभन्दा बढी बेरुजु भएको पालिका हो । त्यस्तै बनगाड नगरपालिका सबैभन्दा कम बेरुजु भएको पालिका रहेको छ ।
सबैभन्दा भन्दा बढी रहेको शरदा नगरपालिकाको बेरुजु २.६८ प्रतिशत रहेको छ । १५ लाख ६९ हजार ५ सय ४५ लाख रकमको लेखापरीक्षण भएकोमा ४२ हजार ८२ रकम बेरुजु देखिएको छ । त्यस्तै सबैभन्दा कम भएको बनगाड नगरपालिकाको बेरुजु ०.४४ प्रतिशत रहेको छ । १४ लाख ४२ हजार ८ सय ७४ रकमको लेखापरीक्षण भएकोमा ६ हजार ३ सय ५३ रुपैया बेरुजु देखिएको छ ।
सल्यान जिल्ला कुल १ करोड १५ लाख ४४ हजार १ सय २२ रकमको लेखापरीक्षण गरिएकोमा १ लाख ४३ हजार ८ सय ३ रकक बेरुजु देखिएको छ ।
त्यस्तै बगचौर नगरपालिकाको १.३५ प्रतिशत बेरुजु देखिएको छ । १४ लाख ८८ हजार ८ सय ६३ रकमको लेखापरीक्षण गर्दा २० हजार ७५ रकम बेरुजु देखिएको हो । कपुरकोट गाउँपालिकाको १.६५ प्रतिशत बेरुजु देखिएको छ । ९ लाख ९५ हजार ८ सय ७२ रकमको लेखापरीक्षण गर्दा १६ हजार ४ सय ६६ रकम बेरुजु देखिएको हा । कालिमाटी गाउँपालिकाको बेरुजु ०.७८ प्रतिशत रहेको छ । १० लाख ५ हजार ८ सय १४ रकमको लेखापरीक्षण गर्दा ७ हजार ८ सय १४ रकम बेरुजु देखिएको हो । कुमाख गाउँपालिकाको बेरुजु १.०७ प्रतिशत रहेको छ । ११ लाख ९८ हजार ८ सय ५५ रकमको लेखापरीक्षण गर्दा १२ हजार ७ सय ९८ रकम बेरुजु देखिएको हो ।
साथै छत्रेश्रवरी गाउँपालिकाको ०.७८ प्रतिशत बेरुजु देखिएको छ । ११ लाख १६ हजार ७ सय २४ रकमको लेखापरीक्षण गर्दा ८ हजार ७ सय ५० रकम बेरुजु देखिएको हो । सिद्व कुमाख गाउँपालिकाको २.२२ प्रतिशत बेरुजु देखिएको छ । ६ लाख ४१ हजार २ सय ०४ रकमको लेखापरीक्षण गर्दा १४ हजार २ सय ६१ रकम बेरुजु देखिएको छ । त्रिवेणी गाउँपालिकाको ०.५८प्रतिशत बेरुजु देखिएको छ । ९ लाख २ सय ६७ रकमको लेखापरीक्षण गर्दा ५ हजार २ सय ५४ रकम बेरुजु देखिएको हो । त्यस्तै दार्मा गाउँपालिकाको ११ लाख ८४ हजार १ सय ०४ रकमको लेखापरीक्षण गर्दा ९ हजार ९ सय ५६ रकम बेरुजु देखिएको छ ।
महालेखा परीक्षकको कार्यालयले बुधबार राष्ट्रपति समक्ष आर्थिक बर्ष २०८०/८१ को बर्षिक प्रतिवेदन पेश गरेको थियो । सोहि बमोजिम ४७ अर्ब ७४ करोड ३० हजार रकम नेपालको कुल बेरुजु रहेको छ।
रुपा थापा
