• ट्रेण्डिङ्ग :
विद्युत मर्मत गर्दा करेन्ट लागेर एकजनाको मृत्यु

विद्युत मर्मत गर्दा करेन्ट लागेर एकजनाको मृत्यु


  • 3.5K
    SHARES
    • जेठ १०, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 5.4K Views

    विद्युत मर्मत गर्दा करेन्ट लागेर एकजनाको मृत्यु

    रुकुमपश्चिम, जेठ ९ । रूकुमपश्चिममा विद्युत मर्मतका लागि पोलमा चढेका एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ निवासी २९ वर्षीय खिमबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

    images

    कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार बिहीबार राति मुसीकोट नगरपालिका ४ बोहरागाउँमा विद्युत मर्मतका क्रममा पोलमा चढेका खड्कालाई करेन्ट लागेको थियो ।  

    खड्का नेपाल विद्युत प्राधिकरण रूकुमकोट वितरण केन्द्रमा कार्यरत रहेको बताइएको छ । रूकुमपूर्वमा विद्युत अवरुद्ध भएपछि मर्मतका लागि पोलमा चढेका खड्काको घटनास्थलमै मृत्यु भएको हो ।  

    केन्द्रीय प्रसारण लाइनको तार नजिकै रहेको सोलाबाङ लघु जलविद्युत आयोजनाको तारमा छोइदा खड्कालाई करेन्ट लागेको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो । खड्काको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ ।


    तेस्रो आँखा