• ट्रेण्डिङ्ग :
पाँच प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो कस्तो रहला मौसम ?

पाँच प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो कस्तो रहला मौसम ?


  • 2.4K
    SHARES
    • जेठ १३, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 3.7K Views

    पाँच प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो कस्तो रहला मौसम ?

    काठमाडौं, १२ जेठ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    यसको प्रभावले बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा वर्षा भइरहेको छ । महाशाखाको वेभसाइटमा उल्लेख भए अनुसर झापाको शनिश्चरे र इलामको बरफल्याङमा एक घण्टामा ५ मिलिमिटर वर्षा भएको छ ।

    ललितपुरको टिकाथली, कास्कीको ज्यामिरेबारी, सुर्खेतको रातानांग्लामा पनि छिटपुट वर्षा भएको छ । कैलालीको धनगढीमा पछिल्लो एक घण्टामा ११।६ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै कञ्चनपुरको दोधारामा १०।२ र कृष्णपुरमा ८।६ मिलिमिटर वर्षा मापन भएको छ ।

    दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश लगायत देशका पहाडी भू(भागका थोरै स्थानहरूमा र बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    देशको उच्चपहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।


    तेस्रो आँखा