काठमाडौं, १२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले सर्वोच्च अदालतले पनि न्याय नदिएको गुनासो व्यक्त गरेकीछन । रवि थुनामुक्त नभएपछि सोमबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘न्याय र मानवीयता मृत भेटेपछि मेरो आस्था र विश्वासको जग बेस्सरी हल्लिएको’ गुनासो गरेकी हुन।
निकिताले गैर कानुनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि नबोलेको बताइन् । ‘केही प्रमाण नभेटिँदा पनि मेरो श्रीमानविरुद्ध मुद्दा लगाइयो। नियत नै राखेर थुनियो । गैर कानुनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन । अब, न्याय माग्न म कहाँ जाऊँरु मनको डर मेटाउन कसलाई गुहारौँ ?’ उनले प्रश्न गरेकी छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै अब, न्याय माग्न म कहाँ जाऊँ ? मनको डर मेटाउन कसलाई गुहारौँ ? भन्दै प्रश्न गरेकी छन् ।
उनले गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि आफ्नो आस्था र विश्वासको जग बेस्सरी हल्लिएको उल्लेख गरेकी छन् । ‘गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि मेरो आस्था र विश्वासको जग बेस्सरी हल्लिएको छ। थाहा छैन, फेरि स्थिर हुन्छ कि सदाका लागि ढल्छ १’ उनले लेखेकी छन् ।
किताले श्रीमान् लामिछानेविरुद्ध प्रमाण नहुँदानहुँदै पनि मुद्दा चलाइएको दाबी गर्दै सर्वोच्च अदालतमा पेस गरिएको गैरकानुनी पक्राउसम्बन्धी रिटमा कुनै निर्णय नआएको समेत गुनासो गरेकी छन्।

