• ट्रेण्डिङ्ग :
बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा : यी प्रदेशमा धेरै वर्षा

बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा : यी प्रदेशमा धेरै वर्षा


  • 4.1K
    SHARES
    • जेठ १७, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 6.3K Views

    बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा : यी प्रदेशमा धेरै वर्षा

    काठमाडौँ, १६ जेठ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा देखी आंशिक बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    कोशी प्रदेश, मधेस प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू(भागका थोरै स्थानहरूमा र बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कोशी प्रदेश र गण्डकी प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशको उच्च(पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा र बाँकी उच्च(पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।


    तेस्रो आँखा