• ट्रेण्डिङ्ग :
नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि


  • 6.2K
    SHARES
    • जेठ २०, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 9.5K Views

    नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

    काठमाडौं, जेठ १९ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६० अङ्कले बढेर दुई हजार ६९४ दशमलव ६६ को विन्दुमा कायम भएको हो ।

    images

    आज ३१४ कम्पनीको दुई करोड २० लाख ३१ हजार ८८१ कित्ता शेयर ८३ हजार १६ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब २२ करोड ६३ लाख २२ हजार ९३३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

    विकास बैङ्क शून्य दशमलव २९, वित्त शून्य दशमलव १८, होटल तथा पर्यटन दुई दशमलव ३९, लगानी दुई दशमलव २८, जीवन बीमा शून्य दशमलव २३, म्युचुअल फन्ड शून्य दशमलव ०१ र अन्य समूह शून्य दशमलव ३६ प्रतिशतले बढेको छ । अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव ५९, जलविद्युत् शून्य दशमलव ३५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३८, लघुवित्त शून्य दशमलव १२, निर्जीवन बीमा शून्य दशमलव १६ र व्यापार शून्य दशमलव ३५ प्रतिशतले घटेको छ ।

    आजको कारोबारमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड र पिअर इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै छ दशमलव ४५ प्रतिशतले घटेको छ ।

    कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रु ८७ करोड ४७ लाख ३८ हजार बराबरको २२ लाख दुई हजार ६७७ कित्ता शेयर किनबेच भएको छ । रासस


    तेस्रो आँखा