• ट्रेण्डिङ्ग :
आजको मौसम : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने

आजको मौसम : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने


  • 4.2K
    SHARES
    • जेठ २८, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 6.5K Views

    आजको मौसम : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने

    काठमाडौँ, जेठ २७ । हाल देशका पश्चिम र मध्यभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । मङ्गलबार कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    महाशाखाका अनुसार आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा  मौसम सफादेखि आंशिक बदली रहने छ । ती प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । यसैगरी कर्णाली प्रदेशका उच्चपहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । रासस 

     


    तेस्रो आँखा