• ट्रेण्डिङ्ग :
माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश


  • 2.3K
    SHARES
    • आषाढ ११, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 3.6K Views

    माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

    काठमाडौँ, ११ असार  । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाललाई बुधबार ३५ लख रुपैयाँमा धरौटीमा छाड्न आदेश गरेको छ । 

    images

    विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई,रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्न आदेश गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरूद्ध मुद्दा दायर गरेको थियो । 

    विशेषले गरेको म्याद तामेलीपछि नेपाल आज बिहान अदालतमा आफैँ उपस्थित भएका थिए । आज नेपालका तर्फबाट पाँच र सरकारी पक्षबाट पाँच जना वकिलले बहस गरेका थिए । 

    पतञ्जली प्रकरण स् कसरी अघि बढ्छ पूर्व प्रधानमन्त्री नेपालविरूद्धको भ्रष्टाचार मुद्दा रु
    पतञ्जली प्रकरण स् कसरी अघि बढ्छ पूर्व प्रधानमन्त्री नेपालविरूद्धको भ्रष्टाचार मुद्दा रु
    पतञ्जली योगपीठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ९३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । 

    आरोपपत्रमा पूर्वप्रम नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको थियो । 

    नेपालमाथि उक्त जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको अभियोग छ ।


    तेस्रो आँखा