• ट्रेण्डिङ्ग :
गण्डकी प्रदेशसभा बैठक बस्दै

गण्डकी प्रदेशसभा बैठक बस्दै


  • 5.4K
    SHARES
    • आषाढ २३, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 8.4K Views

    गण्डकी प्रदेशसभा बैठक बस्दै

    गण्डकी,  असार २३  ।  गण्डकी प्रदेश सरकारको आगामी आव २०८२/८३ को बजेट यही असार १३ गते पारित भएपछि स्थगन भएको प्रदेशसभा बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महालेखा परीक्षकको सातौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका अधिकृत टीकाराम आचार्यले जानकारी दिनुभयो ।

    images

    विषयगत समितिबाट आएको औद्योगिक ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयको प्रतिवेदनमाथि छलफल भएपछि आजकै बैठकबाट विधेयक पारित हुने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको गत हिउँदे अधिवेशनमा पेस भएका दस वटा विधेयक प्रदेशसभामा सामान्य सैद्धान्तिक छलफलपछि दफाबार छलफलका लागि विषयगत समितिमा छन् । रासस


    तेस्रो आँखा