• ट्रेण्डिङ्ग :
नेपाल–चीन सीमा क्षेत्रमा बाढी : चार जना बेपत्ता

नेपाल–चीन सीमा क्षेत्रमा बाढी : चार जना बेपत्ता


  • 4.5K
    SHARES
    • आषाढ २४, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 6.9K Views

    नेपाल–चीन सीमा क्षेत्रमा बाढी : चार जना बेपत्ता

    काठमाडौँ, असार २४  । भोटेकोशीमा आएको बाढीमा परी चार जना बेपत्ता भएका छन् । रसुवागढी भन्सार कार्यालयमा कार्यरत कर्मचारी बुद्धि चुडाँलले बाढीमा परी चार जना व्यक्ति बेपत्ता भएको जानकारी दिनुभयो ।

    images

    मङ्गलबार बिहानज भोटेकोशीमा अचानक बाढी आएको थियो । बाढीले मितेरी पुल बगाएको छ भने नेपाल चीन सम्पर्क विच्छेद भएको छ ।

    ड्राइपोर्ट क्षेत्रमा पनि बाढीले क्षति पुर्‍याएको छ । त्यहाँ जाँचपासका लागि राखिएका गाडीहरु पनि बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

    उहाँले भन्नुभयो, ‘‘गाडि बगाउने क्रम जारी छ भने गाडि झिक्न सकिएको छैन । साथै बाढीले कटान गर्ने क्रम पनि जारी छ । तर बिहानको भन्दा अहिले बाढी केही घटेको छ ।’’  


    तेस्रो आँखा