• ट्रेण्डिङ्ग :
आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्च जाँदै सरकार

आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्च जाँदै सरकार


  • 5.5K
    SHARES
    • आषाढ २६, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 8.5K Views

    आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्च जाँदै सरकार

     

    images

    काठमाडौं, २६ असार । कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालतको निर्णयविरुद्ध सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ ।

    उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासबाट आलम लगायतका आरोपितलाई सफाइ दिने गरेपछि महान्यायाधिवक्ता कार्यालयले त्यसविरुद्ध पुनरावेदनमा जाने निर्णय गरेको हो ।

    कार्यालयका प्रवक्ता सूर्यराज दाहालका अनुसार महान्यायाधिवक्ता रमेश बडालले बुधबार नै पुनरावेदनमा जाने निर्णयमा हस्ताक्षर गरिसकेका छन् ।अगत १४ जेठमा उच्च अदालत वीरगञ्जका न्यायाधीशहरू डा। खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले आलमलाई ज्यान मुद्दाबाट सफाइ दिएको थियो ।

    पूर्णपाठ सार्वजनिक भइसकेको उक्त फैसलापछि दुवै न्यायाधीश न्याय परिषद्मा छानबिनका लागि तानिएका छन् ।

     


    तेस्रो आँखा