• ट्रेण्डिङ्ग :
अविरल वर्षाले हेवा खोलामा बाढी, मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध

अविरल वर्षाले हेवा खोलामा बाढी, मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध


  • 6.7K
    SHARES
    • श्रावण ५, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 10.2K Views

    अविरल वर्षाले हेवा खोलामा बाढी, मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध

    विराटनगर । निरन्तरको वर्षासँगै पाँचथरको हेवा खोलामा आएको भीषण बाढीले डाइभर्सन बगाउँदा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध भएसँगै ताप्लेजुङ र पाँचथरका तीन पालिकाको यातायात ठप्प हुँदा नागरिकको जनजीवन कष्टकर बनेको छ ।

    images

    पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार, खोलामा पानीको बहाव बढेर डाइभर्सनमाथिबाट बग्न थालेपछि यातायात पूर्ण रूपमा बन्द गरिएको हो । ‘पानीको बहाव घट्ने क्रममा छ, बहाव घटेपछि डाइभर्सन मर्मत गरेर यातायात सुचारु गर्ने प्रयास गरिनेछ,’ उनले भ ने।

    अहिलेलाई यातायात पूर्ण रूपमा रोकिएको उनले जानकारी दिए । हेवा खोलामा पुल र डाइभर्सनको समस्या बारम्बार दोहोरिने गरेको छ । यसअघि २०८० असारमा आएको बाढीले हेवा खोलाको मुख्य पुल बगाएको थियो । त्यसपछि बनाइएको बेलिब्रिज पनि गत असोज १२ गतेको बाढीले बगाएपछि अस्थायी रूपमा डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिँदै आएको थियो ।

    पछिल्लो पटक, गत जेठ ३१ गते मेची राजमार्ग अन्तर्गत फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ जोड्ने हेवा खोलाको बेलिब्रिज निर्माण सम्पन्न गर्ने भनिएकै दिन भाँचिएको थियो । 

    तमोर करिडोर पनि अवरुद्ध
    बाढी र पहिरोका कारण मेची राजमार्ग मात्र नभई तमोर करिडोर पनि अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार, साँगुरीगढी गाउँपालिका-९ मा पहिरो खसेका कारण तमोर करिडोरमा पनि यातायात ठप्प छ । मुख्य राजमार्गहरू अवरुद्ध हुँदा पूर्वी पहाडी जिल्लाहरूको जनजीवन प्रभावित भएको छ । विशेष गरी, ताप्लेजुङ र पाँचथरका स्थानीय बासिन्दाले आवतजावत र ढुवानीमा ठूलो समस्या भोगिरहेका छन् ।

     


    तेस्रो आँखा