• ट्रेण्डिङ्ग :
गोसाइँकुण्डमा डुबेका दुई तीर्थालुको शव निकालियो

गोसाइँकुण्डमा डुबेका दुई तीर्थालुको शव निकालियो


  • 3.6K
    SHARES
    • श्रावण १३, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 5.6K Views

    गोसाइँकुण्डमा डुबेका दुई तीर्थालुको शव निकालियो

    गोसाइँकुण्डमा डुबेका दुई तीर्थालुको शव निकालियोकाठमाडौं, साउन १२ । रसुवा जिल्लाको  गोसाइँकुण्ड गाउँपालिका वडा नं. ५ स्थित प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेका दुई तीर्थालुको शव निकालिएको छ । 

    images

    साउन ११ गते शनिबार नुहाउने क्रममा डुबेर हराएका दुई जनाको खोज तथा उद्धार कार्यका लागि नेपाली सेना, श्रीनाथ गणबाट खटिएको टोलीले स्थानीय स्रोत र साधनको प्रयोग गरी कुण्डबाट शव निकालेका हो । नेपाली सेनाका अनुसार, ती शवलाई नेपाल प्रहरीलाई बुझाइनेछ ।

    जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका करिब २८ वर्षीय सुजन ढकाल र मोरङ बेलवारीका  मनोज न्यौपाने छन् ।

    गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण डुबेको हुनसक्ने आँकलन गरिएको छ । 


    तेस्रो आँखा