काठमाडौं । तीनदिन देखि बेपत्ता रहेका सिन्धुलीको १६ परिवारमध्ये माइली छोरी सुजता हायू र उनका श्रीमान आयूष श्रेष्ठ प्रहरी सम्पर्कमा आएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीले उनीहरू काठमाडौँमा बस्दै आएको पुष्टि गg'{ePsf] 5 ।
‘सुजता र आयूष हाम्रो सम्पर्कमा आउनुभएको छ,’ डिएसपी सुवेदीले भने, ‘उहाँहरू केही महिनादेखि काठमाडौंमा बस्दै आएको खुलेको छ ।’
प्रहरीका अनुसार बेपत्ता भएको सूचीमा सुजता हायूको नाम पनि उल्लेख भए पनि उनी आफ्ना श्रीमानसँग केही महिनाअघि नै काठमाडौं गइसकेकी थिइन् । गाउँलेहरूले उनी पनि बेपत्ता भएको भन्दै नाम सूचीमा जोडिदिएका थिए । तर प्रहरी अनुसन्धानले उनी गाउँको घरमा नभएको पुष्टि गरेको छ ।
सुजताले पनि परिवारसँग सम्पर्क हुन नसकेको प्रहरीलाई बताएकी डिएसपी सुवेदीले जानकारी दिg'eof] । उxfFले बाँकी सदस्यहरू भने अहिलेसम्म प्रहरी सम्पर्कमा नआएको जनाpg'eof]।
यसअघि तीन दिनअघि रामेछापमा ती परिवारहरूको मोबाइल लोकेसन देखिएको भए पनि उनीहरू अझै फेला परेका छैनन् । सोमबार बिहानदेखि जिल्ला प्रहरी कार्यालय सिन्धुली र रामेछापको टोलीले खोजी कार्य तीव्र बनाएको छ ।
प्रहरीले उनीहरूको सकुशल अवस्थाको पुष्टि गर्न तथा बेपत्ताको कारण पत्ता लगाउन खोजी जारी राखेको जनाएको छ ।
