• ट्रेण्डिङ्ग :
नेप्से परिसूचक ३० अङ्कले बढ्यो

नेप्से परिसूचक ३० अङ्कले बढ्यो


  • 3.8K
    SHARES
    • श्रावण १४, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 5.8K Views

    नेप्से परिसूचक ३० अङ्कले बढ्यो

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक ३० दशमलव ७६ अङ्कले बढेर तीन हजार दुई दशमलव ०७ विन्दुमा कायम भएको छ । आज नेप्से एक दशमलव ०३ प्रतिशतले बढेको हो ।

    images

    आज ३२१ कम्पनीको चार करोड १८ लाख आठ हजार ९६६ कित्ता शेयर एक लाख ५७ हजार ५२५ पटक खरिदबिक्री हुँदा १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ बराबरको कारोबार भएको छ ।

    आजको कारोबारमा विकास बैङ्क, वित्त र व्यापार समूहको उपसूचक घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ ।

    मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी लिमिटेड र नेडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    सबैभन्दा धेरै घट्नेमा भने समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर आठ दशमलव ६० प्रतिशत छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेड ६४ करोड ४१ लाख ३८ हजार बराबरको शेयर खरिदबिक्री भएको छ ।

    शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै प्रभु बैङ्क लिमिटेडको १८ लाख ५८ हजार २२३ कित्ता शेयर किनबेच भएको छ ।


    तेस्रो आँखा