• ट्रेण्डिङ्ग :
नारायणी नदीमा हाम फालेर एकै दिन दुईजना बेपत्ता

नारायणी नदीमा हाम फालेर एकै दिन दुईजना बेपत्ता


  • 3.0K
    SHARES
    • श्रावण १५, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 4.7K Views

    नारायणी नदीमा हाम फालेर एकै दिन दुईजना बेपत्ता

    नवलपुर, साउन १४ । नारायणी नदीमा एकै दिन दुई जना हाम फालेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैँडाकोट नगरपालिका–५ कुसमुघाट निवासी १५ वर्षीय किशोर आदेश श्रेष्ठ र नुवाकोट जिल्लाको साविक हलदेब गाविस वडा नम्बर १ स्थायी घर भएका ५९ वर्षीय मिठा गिरी नदीमा हाम फालेर बेपत्ता हुनुभएको हो ।

    images

    श्रेष्ठले मङ्गलबार बिहान र गिरीले मङ्गलबार राति नारायणघाट र गैँडाकोट जोड्ने नारायणी नदीको गैडाकोट २ तर्फको पुलबाट हाम फालेर बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपलले जानकारी दिनुभयो ।

    नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले दुबैको खोजी कार्य जारी राखेपनि हालसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । श्रेष्ठले साइकल र चप्पल पुलमा छोडि नदीमा हाम फालेको प्रहरीको भनाइ छ ।

    कक्षा ९ मा अध्ययनरत १५ वर्षीय आदेशले बिहानै घरबाट कसैलाई केही नभनी निस्केका परिवारलई उदृत गर्दै प्रहरी नायब उपरीक्षक नेपालले बताउनुभयो । उहाँका बुबा, आमा र दाजु जापानमा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा