• ट्रेण्डिङ्ग :
मुग्लिन-पोखरा सडकको ऐना पहरामा बस दुर्घटना हुँदा सात जना घाइते

मुग्लिन-पोखरा सडकको ऐना पहरामा बस दुर्घटना हुँदा सात जना घाइते


  • 10.6K
    SHARES
    • श्रावण १९, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 16.4K Views

    मुग्लिन-पोखरा सडकको ऐना पहरामा बस दुर्घटना हुँदा सात जना घाइते

    तनहुँ, साउन १८ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा खण्डमा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन्। 

    images

    आइतबार दिउँसो ४ः२० बजे  गोरखाबाट चितवनको नारायणगढ जाँदै गरेको बा. २ ख. १०७७ नम्बरको बस तनहुँको आंबुखैरेनी गाउँपालिका–२, ऐनापहरामा दुर्घटना भएको हो। 

    बस मर्स्याङ्दी नदीको किनारमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी अशोक थापाले जानकारी दिनुभयो । 

    बस दुर्घटना भएको स्थानीयले जानकारी गराएपछि इलाका प्रहरी कार्यालय आँबुखैरेनी, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट उद्धार टोली परिचालन भएको  छ। 

    दुर्घटनामा सात जना घाइते भएको र उनीहरूलाई आँबुखैरेनी अस्पतालमा उपचारका लागि पढाइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रनाउ थापाले जानकारी दिनुभयो।


    तेस्रो आँखा