• ट्रेण्डिङ्ग :
महाकालीमा पानीको बहाब बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन बन्द

महाकालीमा पानीको बहाब बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन बन्द


  • 4.7K
    SHARES
    • श्रावण २०, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 7.3K Views

    महाकालीमा पानीको बहाब बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन बन्द

    कञ्चनपुर, साउन १ । कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवजवाजतमा रोक लगाइएको छ । लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि  चारपाङ्ग्रे सवारी साधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो । 

    images

    “महाकालीमा पानीको बहाब एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइन्छ ।” उहाँले भन्नुभयो–“महाकाली नदीमा पानीको बहाब एक लाख क्युसेक पुगेपछि चारपाङ्ग्रे सवारीमा रोक लगाइन्छ ।” उहाँका अनुसार आज बिहान ८ बजे महाकाली नदीमा पानीको बहावले एक लाख नौ हजार नौ सय ८० क्यूसेक नाघेपछि आवागमनमा रोक लगाइएको हो ।  रासस

     


    तेस्रो आँखा