• ट्रेण्डिङ्ग :
आजको मौसम : कोशी र मधेश प्रदेशका केही स्थानमा वर्षाको पूर्वानुमान

आजको मौसम : कोशी र मधेश प्रदेशका केही स्थानमा वर्षाको पूर्वानुमान


  • 4.3K
    SHARES
    • श्रावण २१, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 6.6K Views

    आजको मौसम : कोशी र मधेश प्रदेशका केही स्थानमा वर्षाको पूर्वानुमान

    काठमाडौँ, साउन २० गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहेको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार मङ्गलबार दिउँसो देशभर अधिकांश बदली रहने छ ।

    images

    कोशी र मधेश प्रदेशका केही स्थान तथा अन्य प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति देशभर अधिकांश बदली रहनुका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकोछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।


     


    तेस्रो आँखा