• ट्रेण्डिङ्ग :
निकिताको गृहमन्त्रीलाई प्रश्न- न्यायालयलाई खुल्लमखुल्ला धम्क्याउने आँट तपाईंलाई कहाँबाट आउँछ ?

निकिताको गृहमन्त्रीलाई प्रश्न- न्यायालयलाई खुल्लमखुल्ला धम्क्याउने आँट तपाईंलाई कहाँबाट आउँछ ?


  • 5.9K
    SHARES
    • श्रावण २९, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 9.0K Views

    निकिताको गृहमन्त्रीलाई प्रश्न- न्यायालयलाई खुल्लमखुल्ला धम्क्याउने आँट तपाईंलाई कहाँबाट आउँछ ?

    काठमाडौं, २८ साउन । जिल्ला कारागार रुपन्देहीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेल लामिछानेले न्याय सम्पादन प्रक्रियामाथि गम्भीर प्रश्न उठाउँदै प्रधानन्यायाधीश, न्यायाधीश र गृहमन्त्रीलाई खुला प्रश्न गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत एक आक्रोशपूर्ण स्टाटस लेख्दै उहाँले आफ्नो श्रीमानको पक्राउदेखि अदालतको आदेशसम्मका प्रक्रियामाथि प्रश्न उठाउनुभएको हाे।

    images

    पौडेलले आफ्नो श्रीमानलाई थुनामा पठाउने आदेश भए पनि अदालतको निर्देशन रित्तो भएको भन्दै त्यसको जवाफदेहिता खाेज्नुभएकाे छ । उहाँले लेख्नु भएको छ, ‘श्रीमान्को हकमा अदालत पुग्छ, अदालतले आदेश नै गर्दा पनि तपाईंको निर्देशनमा रीत चल्दैन, किन ? अदालतको मुद्दाको पेसी चढेपछि तपाईंको निर्देशन तपाईंले मान्छेबाट न्यायिक परिक्षणमा उजुरी पर्छ, तपाईंको कार्यक्रमा बन्च उजुरीको ड्राफ्ट, कसरी ?’

    उहाँले आफ्नो कोठामा तयार गरेर लिक गरिएको आदेशको आधारमा आफ्नो श्रीमानलाई सञ्चारमाध्यमले समातेको, मोबाइल खोसिएको र आफूलाई पनि अदालतमा बोलाइएको भन्दै न्याय प्रक्रियाको निष्पक्षतामाथि शंका व्यक्त गरेकी छन् । उनले आफ्नो घर र गाडीमा समेत खानतलासी गरिएको र श्रीमान् भेट्न घरबाट निस्कँदा समेत पिछा गरिएको गुनासो गर्नुभएको छ ।

    पौडेलले प्रधानन्यायाधीश, प्रधानमन्त्री र कानुनमन्त्रीको मौनतामाथि प्रश्न उठाउँदै अब कसमाथि विश्वास गर्ने भनी साेध्नु भएको छ । उनले न्याय किनबेच भएको र अदालतमा सेटिङ चल्ने गरेको सुनेको भन्दै निराशा व्यक्त गर्नुभएको छ ।

    हेर्नुहोस् पूरा पत्र :-

    गृहमन्त्री रमेश लेखकजी नमस्कार,
    आम थुनुवाले पाउने अड्डासारको सुविधा, मेरै श्रीमानका हकमा अदालत पुग्छ, अदालतले आदेश नै गर्दा पनि तपाईँको निर्देशनमा रोकिन्छ, किन ?
    अदालतमा मुद्दाको पेसी चढेपछि तपाईँकै निर्देशनमा तपाईँकै मान्छेबाट न्यायिक परिषद्मा उजुरी पर्छ,
    तपाईँकै कार्यकक्षमा बन्छ उजुरीको ड्राफ्ट, कसरी?
    उजुरीको ड्राफ्ट आफ्नै कोठामा तयार गरेर त्यस्तो समाचारको लिङ्क आफ्नो सचिवालयलाई सम्बन्धित सबैका मोबाइल मोबाइलमा पठाउन आदेश दिँदै न्यायाधीश तर्साउन नाङ्गिएर लाग्नुहुन्छ किन ? मुद्दाको पेशी चढेकै दिन न्यायपरिषदमा उजुरी पुगेपछि तपाईँहरू जस्ताको मुठ्ठीमा रहेको वर्तमान संरचनामा रहेका कुन न्यायमूर्तिले आफ्नो करियरलाई दाउमा राखेर सही फैसला गर्ने आँट गर्ला । न्यायालयलाई खुल्लमखुल्ला धम्क्याउने आँट तपाईंलाई कहाँबाट आउँछ ? रुपन्देही कारागारमा श्रीमान भेट्न घरबाट निस्किएपछि मेरो पछि पछि किन र के का डरले लगाउनुहुन्छ तपाईँका संगठन र संरचना ?
    मैले केही सांसदहरूले भनेको सुनेको थिएँ न्यायाधीशहरूलाई प्रधानमन्त्रीको, कानुनमन्त्रीको, गृहमन्त्रीको सिधै फोन जान्छ तर, त्यति बेला मलाई त्यो कुरा विश्वास लागेको थिएन। आज मैले त्यो किन विश्वास नगर्ने?

    सम्माननीय प्रधान न्यायाधीश ज्यू,
    अब म जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालतमा अपिल गर्न जाउँ कि नजाउँ ? हाम्रो मुद्दाको हरेक बहसमा सरकारी पक्ष नाजवाफ हुन्छ। तर फैसला कहिल्यै हाम्रो पक्षमा आउँदैन। इजलासले सोधेको प्रश्नको जवाफ सरकारी पक्षले कहिले दिन सक्दैन, इजलासमा उपस्थित सबले प्रस्ट देख्छन्, सुन्छन् । तर प्रत्येक अदालतमा आदेश आउने बेलामा अनेक अस्वाभाविक गतिविधि देखिन्छन् । दिउँसै बहस सकिँदा पनि आदेश आउन रात पर्छ, घण्टौँ लाग्छ, कपी पेस्ट हुन्छन् ,पेनड्राइभ डुल्छ, मिडिया ट्रायल हुन्छ, न्यायपरिषदमा उजुरी पुग्छ,अस्वाभाविक मानिसहरूको आवतजावत चल्छ अनि बहसको ठिक विपरीत आदेशहरू आउँछन्। दुई तिहाइको सरकार छ, एउटा विपक्षी दलको नेतामाथि भइरहेको यो खुल्लमखुल्ला अन्याय विरुद्ध म कहाँ जाउँ ?
    न्यायका दृष्टिकोणले,मानव अधिकारको दृष्टिकोणले जे भइरहेको छ के सही भइरहेको छ ?
    आफ्नै देशको न्यायालयलाई कसरी विश्वास नगरौं। विश्वास गरौँ भने गृहमन्त्रीको कोठामा बसेर न्यायालयलाई धम्काउने पत्र तयार हुन्छ। यो सब हेर्ने कसले? न्याय दिने कसले ? हप्तै पिछे ३/४ वटा उच्च अदालतमा पेशी चढ्छ। कता लड्नु, कता सार्नु, बेहाल भएको छ। फलानोको बेन्चमा पर्‍यो भने त बरबाद हुन्छ, भनेको सुन्छु । न्यायाधीशको सरुवा बढुवा छ त्यसैले न्याय दिन आँट गर्दैनन् भनेको पनि सुन्छु। बढुवाको मुखमा हामीलाई न्याय दिएर दुई तिहाईको सरकारसँग पंगा लिन आँट गर्ने को होला ? न्यायालयको यो हरिबिजोगले यो देश कसरी चलेको छ भन्ने कुराले म आश्चर्यचकित परेको छु। उस्तै दुरुस्तै आइडेन्टिकल केसमा सर्वोच्च अदालतले समेत मान्छेलाई धरौटीमा छोड्नु भन्ने नजिर स्थापित गरेको छ। तर त्यसका विपरीत एउटा रवि लामिछाने चाहिँ थुनिएको थुनियै छ।  पेसी चढेकै दिन न्यायपरिषदमा उजुरी गएपछि अदालतमा स्वतन्त्र बहस गर्ने वातावरण कसरी बन्ला ? आम मान्छेले बुझेका छन् तर व्याख्या गर्न सक्दैनन् । व्याख्या गर्न सक्नेहरू रवि लामिछानेलाई राखेको काल कोठरीमा  AC छ कि कुलर छ कि पंखा भनेर बहस गरिरहेका छन्।

    हामी देशमा मान्छे बसेन भनेर पिर गर्छौँ। को बस्न चाहन्छ यो अन्यायी समाजमा ? को बस्न चाहन्छ यो अन्याय विरुद्ध बोल्न नसक्ने समाजमा ? को बस्न चाहन्छ व्यक्ति हेरी फरक फरक न्याय दिने यो समाजमा ?

    मेरो श्रीमान माथि लागेका सबै मुद्दा रमेश लेखक गृहमन्त्री भएपछिका मात्र छन्। कुनै एउटा पनि मुद्दा हदम्यादमा छैनन् । मेरो श्रीमानले आफ्नो अपिल मार्फत भन्नुभएको छ कि राज्यका सबै निकायहरूलाई यिनीहरूले कब्जा गरेका छन्। देशका सबै निकाय एउटै रावणका फरक फरक टाउका हुन् । उहाँले त्यसो भने पनि म चाहिँ लड्छु। न्याय पाउँछु पाउँदिन भन्ने कुराको परवाह नगरी म कानुनले दिएका, संविधानले दिएका सबै ढोकाहरू निरन्तर ढकढक्याउँछु । मलाई अन्तर्राष्ट्रिय अदालतमा यो अन्याय विरुद्ध बोल्नका लागि मद्दत चाहिने भएको हुनाले पहुँच पुगेका व्यक्तिहरूले मद्दत गर्नुहोला।

    सम्माननीय प्रधान न्यायाधीश ज्यू ,
    तपाईंको कार्यकाल बाँकी छँदै आफ्नो कार्यकालमा भएको खुल्ला अन्याय बारे सोच्नुहोला । कार्यकाल सकिएपछि छाप्ने पुस्तकले न्याय दिँदैन कार्यकाल छँदै लेखेको आदेशले दिने हो न्याय। अस्तिका दिन हाम्रो मुद्दा चलेको बेलामा गरिएको उजुरी र मिडिया ट्रायलका कारण न्यायालयमा पारिएको दबाब विरुद्ध म न्याय परिषद् जान्छु र  स्वतन्त्र न्याय सम्पादनमा बाधा पुगेका बेला न्याय सम्पादन भएको रुपन्देही जिल्ला अदालतको आदेश विरुद्ध म उच्च अदालत बुटवल पनि जान्छु।  न्याय पाउँछु पाउँदिन थाहा छैन तर म जान्छु, अन्तर्राष्ट्रिय अदालत पनि जान्छु। न्याय नपाउन्जेल लड्छु।


    तेस्रो आँखा
    लेखकबाट थप