• ट्रेण्डिङ्ग :
स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति पारित

स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति पारित


  • 8.8K
    SHARES
    • चैत्र १०, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 13.5K Views

    स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति पारित

    काठमाडाैं,१०चैत्र । नेपाल सरकारले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेकाे छ। सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न निर्वाचन एकीकृत सुरक्षा नीति पारित गरेकाे हाे ।  गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षता बिहीवार बसेको सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित मन्त्रालय श्राेतले जानकारी दियाे । 

    images

    ‘सुरक्षा समिति बैठकले निर्वाचनका लागि आवश्यक पर्ने एकीकृत सुरक्षा नीति पारित गरेको छ,’ गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भने, ‘अब निर्धारित स्थानीय तह निर्वाचन र अन्य निर्वाचन पनि त्यही सुरक्षा नीति अनुरूप सम्पन्न गर्न सजिलो हुन्छ। निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न नीतिले सहयोग पु¥याउँछ।’

    बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र निर्वाचन सम्पन्न गर्न गर्नुपर्ने कार्यबारे धारणा राखेका थिए।  बैठकमा शुक्रवारबाट हुन लागेको चिनियाँ विदेश मन्त्री वाङ यीको तीन दिने नेपाल भ्रमणमा सुरक्षाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल भएको छ। बैठकमा गृहमन्त्री खाणले चिनियाँ विदेश मन्त्री वाङको भ्रमणका बेलामा आवश्यक सुरक्षा व्यवस्था प्रदान गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका थिए।

    गृहमन्त्री खाणको अध्यक्षतामा भएको बैठकमा गृह सचिव टेकनारायण पाण्डे, रक्षा सचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुनाथ खरेल, गृह प्रवक्ता पोखरेल सहितको सहभागिता थियो।

     

  • सम्बन्धित विषय:

  • # बालकृषण खाँण

  • तेस्रो आँखा
    लेखकबाट थप