• ट्रेण्डिङ्ग :
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना

आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना


  • 7.3K
    SHARES
    • भाद्र ९, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 11.3K Views

    आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, भदौ ९ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ ।

    images

    महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा कोशी, बागमतीर सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू कर्णाली प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    सोमबार देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका धेरै स्थानहरू तथा लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा हावाहुरीको पनि सम्भावना रहेको छ ।


    तेस्रो आँखा