• ट्रेण्डिङ्ग :
यी प्रदेशमा चट्याङसहित भारी वर्षाको चेतावनी

यी प्रदेशमा चट्याङसहित भारी वर्षाको चेतावनी


  • 3.7K
    SHARES
    • आश्विन ४, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 5.7K Views

    यी प्रदेशमा चट्याङसहित भारी वर्षाको चेतावनी

    काठमाडौँ । देशभर मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले मनसुनी गतिविधि सक्रिय देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, यसको प्रभावले कोशी, मधेस र बागमती प्रदेशमा सामान्यतया बदली भई अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा पनि हल्का वर्षाको अनुभव गरिएको छ।

    images

    आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ। बाँकी तराईका भूभागमा आंशिक बदलीको सम्भावना छ। विशेषगरी, कोशी र बागमती प्रदेशका केही स्थानमा, मधेस र गण्डकी प्रदेशका थोरै स्थानमा तथा देशका बाँकी भूभागका एक(दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। यी प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका एक(दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

    महाशाखाले वर्षाका कारण हुन सक्ने बाढी, पहिरो र डुबान जस्ता जोखिमबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। यात्रा गर्दा वा नदी तथा खोला किनारमा जाँदा विशेष सावधानी अपनाउन पनि सुझाव दिइएको छ।

     


    तेस्रो आँखा