• ट्रेण्डिङ्ग :
कपिलवस्तु डुंगा पिङ दुर्घटनामा घाइते हुनेको सङ्ख्या १४ जना 

कपिलवस्तु डुंगा पिङ दुर्घटनामा घाइते हुनेको सङ्ख्या १४ जना 


  • 6.3K
    SHARES
    • चैत्र ११, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    कपिलवस्तु डुंगा पिङ दुर्घटनामा घाइते हुनेको सङ्ख्या १४ जना 

    कपिलवस्तु, ११ चैत्र । कपिलवस्तु महोत्सवमा दर्शक सवार डुंगा पिङ दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

    images

    शुक्रवार साँझ भएको दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले गम्भीर घाइतेको उपचारको लागि बुटवल लगिएको बताएका छन् । 

    गम्भीर घाइते हुनेमा बाणगंगा नगरपालिका वडा नम्बर १ का अर्जुन क्षेत्री , सिर्जना थारु र कपिलवस्तु नगरपालिका वडा नं. ९ का आकृति खनाल रहेका छन् ।

    यसै गरी सामान्य घाइते हुनेमा शितगंगा नगरपालिका २ मनीषा  क्षेत्री, बाणगंगा नगरपालिका वडा नं. ४ का आशिका बिसी, अञ्चल पुन, बम बहादुर क्षेत्री, वडा नं. ८ का सीमा खत्री, महिमा चौधरी, सिर्जना सुनार, वडा नं. ९ का कृष्ण घर्ती मगर रहेका छन् ।

     

     


    तेस्रो आँखा