• ट्रेण्डिङ्ग :
जोमसोम-कागबेनी सडक भासियो, यातायात अवरुद्ध

जोमसोम-कागबेनी सडक भासियो, यातायात अवरुद्ध


  • 4.7K
    SHARES
    • कार्तिक १५, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 7.3K Views

    जोमसोम-कागबेनी सडक भासियो, यातायात अवरुद्ध

    म्याग्दी, कात्तिक १४ । अविरल वर्षाका कारण जोमसोम–कागबेनी सडक भासिएको छ । सडक भासिएपछि यातायाता पूर्ण रुपमा अवरुद्ध भएको छ । कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत जोमसोम–कागबेनी सडकको पाण्डा खोलामा कालोपत्रे गरिएको सडक करिब ५० मिटर भासिएको छ ।  

    images

    सडक माथिबाट लेदोसहितको पहिरो खसेर सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी सन्तोष वत्स्यालले जानकारी दिनुभयो । उहाँका अनुसार सडक अवरुद्ध हुँदा जोमसोम हुँदै कागबेनी, मुक्तिनाथ र अपर मुस्ताङ सिधा यातायात अवरुद्ध भएको छ । 

    उपकरण प्रयोग गरेर केहीबेर सडक खुलाएर रोकिएका सवारीसाधनहरु पार गरे पनि फेरि माथिबाट लेदो खसेर सडक अवरुद्ध भएको सूचना अधिकारी वत्स्यालले बताउनुभयो । 

    उहाँका अनुसार जोमसोमदेखि कागबेनीको विभिन्न ठाउँमा पहिरो र लेदो खसेर सडक अवरुद्ध भएको छ । वर्षा भइरहेकाले सडक भासिने र माथिबाट ढुङ्गा खसेर यातायात सञ्चालन गर्न जोखिम भएकाले अहिले सबै सवारी साधनहरु जोमसोममा रोकिएको उहाँले जानकारी दिनुभयो । 

     


    तेस्रो आँखा