• ट्रेण्डिङ्ग :
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात

पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात


  • 2.2K
    SHARES
    • मंसिर १३, २०८२ शुक्रबार
    • ९ महिना अघि
    • 3.4K Views

    पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात

    झापा,  मङ्सिर १२ गते ।  पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात भएको छ ।

    images

    मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार समीक्षा  अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको हो । गत आवको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम हो । 

    गत आवको उक्त अवधिमा रु दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको थियो । यो चालु आवमा रु ८३ करोड १७ लाख ६२ हजारले कम हो ।  रासस

     


    तेस्रो आँखा