• ट्रेण्डिङ्ग :
प्रथम तुलसीपुर महाेत्सव २०८२ पुस ४ गतेदेखि सुरु हुँदै

प्रथम तुलसीपुर महाेत्सव २०८२ पुस ४ गतेदेखि सुरु हुँदै


  • 4.8K
    SHARES
    • मंसिर १५, २०८२ आइतबार
    • ९ महिना अघि
    • 7.3K Views

    प्रथम तुलसीपुर महाेत्सव २०८२ पुस ४ गतेदेखि सुरु हुँदै

    तुलसीपुर, १४ मंसिर । दाङको तुलसीपुरमा यहीँ पुस ४ गतेदेखि १९ गतेसम्म महाेत्सव सुरु हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर शाखाकाे आयोजनामा महाेत्सव सञ्चालन हुने भएको हाे । आयोजकले आइतबार पत्रकार सम्मेलन गरेर महाेत्सवकाे बारेमा जानकारी गराएको थियो ।

    images

    "स्थानीय उत्पादन प्रवर्द्धन गराैँ । औद्याेगिक वातावरणकाे सुधार , दिगो अर्थतन्त्रको सुधार" भन्ने मुल नाराका साथ प्रथम तुलसीपुर महाेत्सव सञ्चालन हुन लागेको छ । घरेलुु तथा साना औद्याेगिक, सांस्कृतिक, पर्यटन, कृषि, व्यापारिक तथा प्रबिधि प्रदर्शनी गर्ने उदेश्यले महाेत्सव सञ्चालन हुन लागेको हाे । 

    नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीका अनुसार महाेत्सवले उद्यमशीलता र व्यवसायकाे क्षेत्रमा लामो समयदेखि देखिएका चुनाैति र वर्तमानमा अवस्थामा देखिएको बैदेशिक पलायनकाे समस्या राेक्न सकिने बताउनुभयो । स्थानिय उत्पादनलाई बजारिकरण तथा प्रबर्द्धन गर्ने सहजिकरण हुने उहाँको भनाइ छ । तुलसीपुरका स्थानीय उत्पादनहरुलाई बाहय क्षेत्रले समेत चिन्ने अवसरकाे रुप महाेत्सव भएको केसीले बताउनुभयो ।

    तुलसीपुरमा तरकारी तथा फलफूल बिक्री गर्नआउने कृषककाे लागि हाटबजार स्थलकाे व्यवस्था गर्ने महाेत्सवकाे उदेश्य रहेको अध्यक्ष केसीकाे भनाइ छ । विभिन्न उद्योग तथा कारखाना क्षेत्रले विभिन्न समयमा बेहाेर्नु परेकाे विपत् जन्यलाई मध्यनजर गर्दे संस्था र स्थानीय सरकारकाे समन्वयमा निशुल्क दमकल सेवा दिने अध्यक्ष केसीले उल्लेख गर्नुभयो । साथै महाेत्सवले महिला तथा युवा उद्यमशीलता सशक्तीकरण सम्बन्धि विभित्र कार्यक्रम सञ्चालन गर्ने उदेश्य रहेकाे बताउनुभयो । 

    महाेत्सवले बजारीकरणकाे लागि स्थानीय उत्पादनहरुलाई पहिलो प्राथमिकतामा राख्ने अध्यक्ष लालबहादुर केसीले बताउनुभयो । साथै परम्परागत रुपमा उत्पादन वस्तुहरुकाे बजारीकरणका निशुल्क स्टलकाे व्यवस्था गर्ने उहाँको भनाइ छ ।

    महाेत्सवमा जेष्ठ नागरिक तथा अपांगहरुलाई टिकट निशुल्क रहने छ । सर्वसाधारणका लागि एक सय रुपैयाँ र विद्यार्थीकाे लागि २० प्रतिशत छुट सहित टिकटकाे व्यवस्था गरिएको छ । 

    महाेत्सवले अनुमानित ३ कराेड बराबर आम्दानी गर्ने लक्ष्य राखेको छ । जस आम्दानी मध्ये २० लाख रकम बचत गर्ने महाेत्सवकाे प्रमुख लक्ष्य रहेको छ । 

    नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीकाे अध्यक्षतामा सुरु भएको पत्रकार सम्मेलनकाे सहजिकरण संस्थाका महासचिव भद्र बहादुर वलीले गर्नुभएको थियोे ।

  • सम्बन्धित विषय:

  • # तुलसीपुर महाेत्सव

  • तेस्रो आँखा