• ट्रेण्डिङ्ग :
तोरीपानी गाउँ र धौलागिरि हिमशृङ्खला (फोटो फिचर)

तोरीपानी गाउँ र धौलागिरि हिमशृङ्खला (फोटो फिचर)


  • 2.9K
    SHARES
    • मंसिर १८, २०८२ बुधबार
    • ११ महिना अघि
    • 4.4K Views

    तोरीपानी गाउँ र धौलागिरि हिमशृङ्खला (फोटो फिचर)

    म्याग्दी, मङ्सिर १७ गते । म्याग्दीको बेनी नगरपालिका–९ स्थित टिमुर गाउँको रुपमा परिचित तोरीपानी गाउँ र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमालको सुन्दर दृश्य । 

    images

    समुद्री सतहदेखि एक हजार ७५० मिटर उचाइमा रहेको तोरीपानी गाउँबाट धवलागिरि र अन्नपूर्ण हिमालको अवलोकन गर्न सकिन्छ । मसलेदार फल टिमुरखेतीका लागि तोरीपानी प्रसिद्ध छ । तोरीपानी गाउँलाई टिमुरगाउँ पनि भनेर भनिन्छ । यहाँका किसानहरुले उत्पादन गरेको टिमुर विदेशसमेत निर्यात हुने गरेको छ । 

    तोरीपानीको शिरमा पर्यटकीय स्थल टोड्के, ऐतिहासिक स्थल ढोलठाना दरबार, धार्मिकस्थल पछै पर्दछन् । यहाँका आउने पर्यटकको सुविधाका लागि स्थानीयहरुले होमस्टे समेत सञ्चालनमा ल्याएका छन् । 

    म्याग्दीको सदरमुकाम बेनी देखि ३० मिनेटको सवारीसाधनको यात्रा पछि तोरीपानी गाउँ पुग्न सकिन्छ । 

     


    तेस्रो आँखा