रोल्पा, ३० पुस । रोल्पाको श्री जनता प्राथमिक विद्यालयको आम भेला सम्पन्न भएको छ । मंगलबार विद्यालय व्यवस्थापन समितिको अध्यक्ष श्री गमप्रसाद बुढाको अध्यक्षतामा आम भेला सम्पन्न भएको हो ।
परिवर्तन गाउँपालिका वडा नम्बर ६ चाबाङ रोल्पामा रहेको श्री जनता प्राथमिक विद्यालयले मंगलबार आम भेलाको आयोजना गरेको थियो । यस भेलाबाट शिक्षक मदन कुमार डाँगीको प्रधानाध्यापक लागि एकल उम्मेदवार परेको हुँदा भेलाले स्वतः डाँगीलाई प्रधानाध्यापकमा नियुक्ती गर्ने भएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमाले पूर्व जिल्ला समितिका सदस्य कर्णबहादुर बुढाले विद्यालयलाई नेतृत्व गर्न सक्ने बौधिक क्षमता भएका व्यक्तीलाई प्रधानध्यापकमा नियुक्ती गर्नुपर्ने कुरामा जोड दिनुभयो । साथै विद्यालयको विकास तथा व्यवस्थापनको कार्यप्रति आफु सधैब प्रतिबद्ध रहने कुराको जानकारी बुढाले दिनुभयो ।
उक्त कार्यक्रमका विशिष्ट अतिथि नेपाली कम्युनिस्ट पार्टी परिवर्तन गाउँपालिका वडा नम्बर ६ का पार्टी अध्यक्ष रविन कुमार बुढा मगर, सुकिदह युवाक्लबका अध्यक्ष मनोज बुढा मगर, चावाङ टोल विकास संस्थाका अध्यक्ष अमृत गिरी, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनप्रसाद बुढा, पूर्व शिक्षक हरिन्द्र गिरी, पूर्व शिक्षक प्रकाश गिरी, युवा समूह तथा आमा समूह एवं अभिभावकहरूको सहभागी रहेका थियो।
पूर्व प्रधानाध्यापक श्री रामबहादुर घर्तीले आफ्नो १२ वर्षसम्मको विद्यालयको प्रधानाध्यापक हुँदाको अनुभव तथा अनुभूतिहरू सम्झिनु भयो। नयाँ युवा शिक्षकले प्रधानाध्यापकको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेमा उहाँले आशावादी हुदै शुभकामना दिनुभएको छ।
मदन कुमार डाँगीले प्रधानाध्यापकको जिम्मेवारी लिएसँगै आफूले पाँच वर्षको अवधिमा वार्षिक पञ्चवर्षीय योजना सहित अक्षय कोष खडा देखि भौतिक संरचना बनाउन यहाँका राजनैतिक दल जनप्रतिनिधि वडा गाउँपालिका प्रदेश र सङ्घ सम्म आफूले पहल गर्ने बताउनुभएको छ। साथै आफूलाई अरु थप जिम्मेवारी थपिएको बताउनुभएको छ। यहाँका अभिभावक यस वडाका क्रियाशील राजनीतिक दल लगायत सबैको हातेमालो र सहकार्यबाट म यस विद्यालय थप राम्रो र हाम्रो बनाउन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
साथै कार्यक्रम बिर्जना थापाको स्वागत मनतव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक ओम डाँगीले गर्नुभएको थियो।
सुर्य घर्ती मगर
