• ट्रेण्डिङ्ग :
मतदाता शिक्षा कार्यक्रमका लागि जिल्लाभर स्वयंसेवक परिचालन हुँदै

मतदाता शिक्षा कार्यक्रमका लागि जिल्लाभर स्वयंसेवक परिचालन हुँदै


  • 2.5K
    SHARES
    • माघ ३०, २०८२ बिहीबार
    • ८ महिना अघि
    • 3.9K Views

    मतदाता शिक्षा कार्यक्रमका लागि जिल्लाभर स्वयंसेवक परिचालन हुँदै

    स्याङ्जा माघ २९ । स्याङ्जामा मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि जिल्लाभर स्वयंसेवक परिचालन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले यहाँका प्रत्येक वडामा परिचालित हुने मतदाता शिक्षा स्वयंसेवक छनोट प्रक्रिया पूरा गरेको हो ।

    images

    आउँदो फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी गराउन न्यूनतम स्रोत परिचालन गरेर काम गर्न लागिएको जिल्ला निर्वाचन अधिकृत श्रीराम थापाले जानकारी दिनुभयो ।

    जिल्लामा रहेका ११ पालिकाका ९७ वटै वडामा परिचालित हुने (खटिने) मतदाता शिक्षा स्वयंसेवक छनोट गरिएको छ । यसका लागि ११ वटा पालिकामा भने ११ जना निर्वाचन सम्पर्क व्यक्ति छनोट गरिएको छ । उनीहरुलाई तालिम दिने काम सम्पन्न भएको थापाले जानकारी दिनुभयो । सम्पर्क व्यक्तिलाई अनुगमन कर्ताको जिम्मेवारी पनि तोकिएको उहाँको भनाइ छ ।

    प्रत्येक पालिकामा छनोट भएका स्वयंसेवकले फागुन ३ देखि १७ गतेसम्म वडा तहमा पुगेर निर्वाचन शिक्षा दिने कार्यालयले जनाएको छ । 


    तेस्रो आँखा