• ट्रेण्डिङ्ग :
कैलाली–२ मा रास्वपाका केपी खनाल विजयी

कैलाली–२ मा रास्वपाका केपी खनाल विजयी


  • 2.7K
    SHARES
    • फाल्गुण २४, २०८२ आइतबार
    • ६ महिना अघि
    • 4.2K Views

    कैलाली–२ मा रास्वपाका केपी खनाल विजयी

    चौमाला (कैलाली), फागुन २४ गते । कैलाली निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनाल निर्वाचित हुनुभएको छ।

    images

    २६ वर्षीय खनाल १९ हजार ५७ मत प्राप्त गरी विजयी हुनुभएको हो। उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीलाई सात हजार १०८ मतान्तरले पराजित गर्नुभएको छ। चौधरीले ११ हजार ९४९ मत प्राप्त गर्नुभयो।

    त्यस्तै, नेकपा (एमाले)का सूर्यबहादुर थापाले सात हजार ८८६ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार विजयबहादुर स्वाँरले सात हजार २१३ मत प्राप्त गर्नुभएको छ।

    यसअघि कैलालीका अन्य क्षेत्रहरूमा पनि रास्वपाकै उम्मेदवारहरू विजयी भएका छन्। क्षेत्र नं. १ मा कोमल ज्ञवाली, ३ मा जगतप्रसाद जोशी, ४ मा खेमराज कोइराला र ५ मा आनन्दबहादुर चन्द निर्वाचित हुनुभएको छ। योसँगै कैलालीका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपाले जित हासिल गरेको छ। 

     


    तेस्रो आँखा