• ट्रेण्डिङ्ग :
एनएमबी बैंकद्धारा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री हस्तान्तरण

एनएमबी बैंकद्धारा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री हस्तान्तरण


  • 2.8K
    SHARES
    • चैत्र १०, २०८२ मंगलबार
    • ५ महिना अघि
    • 4.4K Views

    एनएमबी बैंकद्धारा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री हस्तान्तरण

    दाङ । सुर्खेत जिल्ला स्थित भेरिगङ्गा नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यले ‘अपाङ्गता रूपान्तरण तथा पुनस्र्थापना साझेदारी कार्यक्रम’सम्पन्न गरिएको छ । सामाजिक विकास मन्त्रालयको आयोजना तथा एनएमबी बैंक, करुणा फाउन्डेसन नेपाल र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको सहकार्यमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो ।
    कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूलाई दैनिक जीवन सहज बनाउन आवश्यक सहायक सामग्रीहरू वितरण गरिएको छ। यस्ता सामग्रीहरूले उनीहरूको आत्मनिर्भरता बढाउने, हिँडडुलमा सहजता ल्याउने, साथै समाजमा सक्रिय सहभागिता जनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

    images

    कार्यक्रममा भेरिगङ्गा नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षता तथा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वक्ताहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई अवसर र पहुँच प्रदान गर्नु राज्य तथा समाजको साझा दायित्व भएको उल्लेख गरेका थिए ।
    उनीहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई दया होइन, अधिकारको आधारमा हेरिनु, साथै शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सहभागितामा समान अवसर सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । कार्यक्रममा नगर उपप्रमुख अनसरा बोहरा, एनएमबी बैंकका एरिया म्यानेजर रमेश रेग्मी, शाखा प्रबन्धक सुमन सुबेदी, सामाजिक विकास महाशाखा प्रमुख सुवर्णा खड्का तथा करुणा फाउन्डेसनका दीपक प्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

    करुणा फाउन्डेसनबाट रु २० लाख र एनएमबी बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु ५ लाख गरी कुल रु २५ लाख सहयोग प्रदान गरिएको छ ।
     
    दाङ भ्याली यातायात प्रा.लिका अध्यक्ष महेन्द्र महराले ध्यानाकर्षण पत्र बुझाउदै अटो ब्यवसायीहरु दोहोरो करको मारमा परेको हुदाँ दोहोरो कर हटाउनु पर्ने, कोशी प्रदेश सरकारले लागु गरे जस्तै ट्रायल दिनु पुर्व लिखित परिक्षा दिनु नपर्ने ब्यवस्था मिलाउनु पर्ने, बाटो ईजाजत पत्र (रुट पर्मिट)लाई अन्तरपालिका स्तरिय बनाउनुपर्ने र पटके पर्मिट लागु गर्नुपर्ने र अन्य प्रदेशको तुलनामा लुम्बिनीमा सवारी कर बढी भएकाले करको दरलाई घटाउनुपर्ने लगाएतका माग राख्नुभयो । यातायात क्षेत्रलाई ब्यवस्थित बनाउन र सवारी दुर्घटना न्यनिकरण गर्न सरकारले उचित कदम चाल्नुपर्ने उहाँले बताउनुभयो । 

    उक्त मागहरू कार्यान्वयन भएमा तीन पाङ्ग्रे सवारी सञ्चालन सहज भई सेवा प्रवाह प्रभावकारी बन्ने तथा व्यवसायीलाई राहत पुग्ने विश्वास संस्थाले व्यक्त गरेको छ । साथै, प्रदेश सरकारलाई उल्लेखित विषयहरुमा गम्भीर ध्यान दिन आग्रह गरिएको छ ।

    पत्र बुझ्दै मन्त्री न्यौपानेले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको थियो । साथै, सम्बन्धित निकायसँग समन्वय गरी समस्याको समाधानतर्फ पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

    कार्यक्रममा दाङ भ्याली यातायात प्रा.लिका अध्यक्ष महेन्र्क महरा, घोराही शाखा संयोजक बलजित दमाई, लमही शाखा संयोजक धनीराम चौधरी, सह संयोजक शिबु चौधरी, ‍एरावती यातायात प्रा.लिका प्रतिनिधीहरुको सहभागिता रहको थियो । 


    तेस्रो आँखा