काठमाडाैं,१६ चैत्र । स्वास्थ्य मन्त्री विरोध खतिवडाले पत्रकारको निशुल्क उपचारका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । आज नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवशको अवसरमा आयोजित स्वास्थ्य शिवीर कारर्यक्रमकाे उयद्घाटन गर्दै मन्त्री खतिवडाले पत्रकारहरुको स्वास्थ्य विमालाई पूर्ण कार्यन्वायनमा ल्याउन सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।
पत्रकारहरुको निशुलक स्वास्थ्य उपचार गर्ने सन्दर्भमा स्वास्थ्य मन्त्रालय, सञ्चार मन्त्रालय र पत्रकार महासंघ सँग सहकार्य गर्न तयार रहेको खतिवडाको भनाइ छ । महासंघको सदस्यता प्राप्त गरेका सबै पत्रकारलाई स्वास्थ्य विमाको दायरामा ल्याउन र उनीहरुको निशुल्क उपचार गर्ने कुरा कार्यन्वायनमा नआएकाले आफ्नो पालामा यसको कार्यन्वायन गर्नतिर जोड दिएको खतिवडाले बताए ।
‘त्यसका लागी सञ्चार मन्त्रालयले कार्यविधि बनाउनदै गरेको भन्ने सुनेको छ’, उनले भने, ‘ कार्यविधिलाई चाडै पूर्णता दिन र स्वास्थ्य उपचार सहयोग कार्यन्वायनमा ल्याउन महासंघबाट आवश्यक समन्वय तथा सहजीकरण गर्नुहुन अनुरोध गर्दछु ।’पत्रकारको निशुल्क उपचार प्रयोजनका लागि मन्त्रालयले १० करोडबाट बजेट छुट्याएर स्वास्थ्य उपचार सेवालाई कार्यन्वायनमा ल्याउन योजनामा रहेको उनले सुनाए ।
खतिवडाले भने, ‘सुरुमा १० करोड बजेट छुट्याउने र कार्यक्रमलाई कार्यन्वायनमा ल्याउनु पर्छ भनेर सोचेको छु’, खतिवडाले भने, ‘पत्रकार महासंघसँगको समन्वयमा महासंघको सदस्याता लिएका सबै पत्रकारहरुलाई देशैभरका स्वास्थ्य संस्थाबाट उपचार सेवा उपलब्ध गराउने गरी काम गर्ने कुरामा स्वास्थ्य मन्त्रालय प्रतिवद्ध छ’, उनले भने ।
पत्रकारले उपचार गर्दै गर्दा कति लाग्छ त्यही अनुसार दावी गर्ने, उपचार गरिसपछि दावी भुक्तानी गर्ने वा एकमुठ १० करोड महासंघको खातामा राखेर त्यसको प्रगति नेपाल सरकारलाई महासंघले बुझाउने यी तीन तरिका मध्यबाट सहयोग गर्नेगरी मन्त्रालयले योजना बनाइरहेको मन्त्री खतिवडाले जानकारी दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले श्रमजिवि पत्रकारहरुको निशुल्क स्वास्थ्य उपचार अनिवार्य गर्नका लागि सरकारको पटक पटक ध्यानाकर्षण गरिएको र सरकार पनि यस विषयमा पोजेटिभ देखिएकाले यलाइ चाडै कार्यन्वायनमा ल्याउनु पर्नेमा जोड दिए । महासंघको तर्फबाट सरकारसंग आवश्यक समन्वय ससहकार्यमा अघि बढ्ने भन्दै अध्यक्ष पोखरेलले कोही पनि पत्रकार खर्चको अभावले उपचार नपाएर मर्नुपर्ने अवस्था आउन दिनन मन्त्री खतिवडाको ध्यानाकर्षण गराए ।
