प्रबन्ध निर्देशक (Managing Director) पदका लागि आवेदन खुला
अमेरिकामा बसोबास गर्ने गैरआवासीय नेपाली (NRN) को लगानीमा स्थापना गरिएको ride-sharing platform “SafeRide” ले नेपालमा आफ्नो सेवा विस्तार गर्ने तयारी अन्तिम चरणमा पुर्याएको जनाएको छ। SafeRide का संस्थापक तथा CEO डि.बि. रावतका अनुसार कम्पनीको पहिलो सेवा दाङ जिल्लाबाट शुभारम्भ गरिनेछ। दाङ आफ्नो जन्मथलो भएकाले आफ्नै गाउँ तथा जिल्लाबाट सेवा सुरु गर्ने उद्देश्यले दाङबाट सेवा प्रारम्भ गर्न लागिएको उहाँले बताउनुभयो। प्रारम्भिक चरणमा घोराही, तुलसीपुर, लमही तथा भालुवाङ क्षेत्रमा बाइक, अटो, कार तथा साइकल सेवा सञ्चालन गरिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार दाङबाट सेवा सुरु गरेपछि क्रमशः राप्ती अञ्चलका पहाडी जिल्लाहरू हुँदै नेपालका अन्य जिल्लाहरूमा सेवा विस्तार गरिनेछ। काठमाडौं बाहिरका धेरै जिल्लामा सेवा विस्तार गरिसकेपछि मात्र काठमाडौंमा सेवा सुरु गर्ने योजना रहेको कम्पनीले जनाएको छ। SafeRide ले छिट्टै आफ्नो मोबाइल एप सार्वजनिक गर्दै नेपालभर सस्तो, सुरक्षित र छिटो ride-sharing सेवा प्रदान गर्ने तयारी गरिरहेको जनाएको छ। काठमण्डौ देखि कर्णाली सम्मका दुर्गम जिल्लामा पनि प्रविधिमैत्री यातायात सेवा पुर्याउने लक्ष्य कम्पनीले राखेको छ। गाउँ–गाउँसम्म सेवा विस्तार गर्दै नेपाली युवालाई स्वरोजगारको अवसर सिर्जना गर्ने योजना रहेको SafeRide ले जनाएको छ। कम्पनीका अनुसार आगामी एक वर्षभित्र करिब एक लाख स्वरोजगारका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ। साथै कम्पनीबाट प्राप्त आम्दानी पुनः नेपालमै लगानी गरी देशको आर्थिक विकास, रोजगारी सिर्जना तथा स्थानीय सेवा विस्तारमा उपयोग गरिने बताइएको छ।
SafeRide मा आधुनिक ride-sharing platform मा आवश्यक पर्ने advanced features हरु समावेश गरिएको कम्पनीले जनाएको छ। यात्रु तथा चालकको safety लाई priority दिँदै direct trip request system, GPS navigation, emergency support button, भाडा पूर्वानुमान प्रणाली, digital wallet तथा mobile payment सुविधा, insurance system लगायतका सुविधा राखिएको छ। यसैगरी ride history, service rating तथा review system, customer support service, driver booking system, nearest vehicle auto-detection system, कम internet मा पनि चल्ने technology, digital map, ride sharing तथा passenger information system, trip cancel कारण tracking system तथा fare distance based security system जस्ता modern features हरु समावेश गरिएको कम्पनीले जनाएको छ।
SafeRide का संस्थापक तथा CEO डि.बि. रावतका अनुसार विश्वभर रहेका नेपाली तथा NRN हरुले आफ्नै गाउँ–ठाउँको विकासका लागि लगानी गर्ने हो भने नेपालको विकास छिट्टै सम्भव हुने विश्वास व्यक्त गर्नुभयो। दाङबाट SafeRide को सेवा सुरु गर्नुको मुख्य उद्देश्य “आफ्नो जन्मभूमिको विकासमा योगदान गरौँ” भन्ने सन्देश दिनु रहेको उहाँको भनाइ छ। “हामी बनाउँछौँ हाम्रो ठाउँ” भन्ने अभियानअन्तर्गत SafeRide अघि बढिरहेको कम्पनीले जनाएको छ। SafeRide ले Pathao, inDrive, Yango तथा Uber जस्ता कम्पनीहरूको शैलीभन्दा फरक मोडलमा काम गर्ने दाबी गरेको छ। कम्पनीका अनुसार अन्य विदेशी कम्पनीहरू मुख्य रूपमा नाफा कमाएर पूँजी विदेश लैजाने उद्देश्यमा केन्द्रित भए पनि SafeRide को प्राथमिकता नेपालमै लगानी, नेपालमै रोजगारी सिर्जना तथा देशको आर्थिक विकासमा योगदान गर्नु रहेको छ।
कम्पनीका संस्थापक डी.बी. रावतले नेपालमा ठूलो लगानी तथा रोजगारी सिर्जना गर्ने योजना भए पनि सरकार संचालन गरि रहेका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग आफ्ना योजना प्रस्तुत गर्ने अवसर सहज रूपमा प्राप्त हुन नसकेको गुनासो गर्नुभयो। सरकारले विश्वभर रहेका नेपालीलाई नेपालमा लगानी गर्न आह्वान गरे पनि व्यवहारिक रूपमा लगानीकर्ताले अपेक्षित सहकार्य पाउन नसकेको उहाँको भनाइ छ।
प्रबन्ध निर्देशक ( Managing Director ) पदका लागि आवेदन खुला
यसैबीच SafeRide ले प्रबन्ध निर्देशक (Managing Director) पदका लागि आवेदन खुला गरेको जनाएको छ। इच्छुक उम्मेदवारहरूले SafeRide को Facebook पेजमार्फत तथा [email protected] बाट आफ्नो Bio Data सहित निःशुल्क आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। उम्मेदवारहरूले आफूले अपेक्षा गरेको तलब, भत्ता तथा अन्य सुविधा पनि आवेदनमै खुलाउन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। प्राप्त आवेदनहरूमध्येबाट short-list गरी अन्तर्वार्ताका लागि बोलाइने बताइएको छ।
