काठमाडौँ, जेठ १५ गते । सरकारले व्यक्तिगत आयकरको अधिकतम दरलाई दश प्रतिशत घटाएको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसदमा आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वज्निक गर्दै सो घोषणा गर्नुभएको हो ।
आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत बसाल्न खोजिएको थिती र बसाल्न विकासको जगसँग सम्बन्धित केही उल्लेखनीय सुधारको घोषणा गर्नुभएको हो ।
उद्यम व्यवसायलाई राहत र मध्यम वर्गको विस्तार गरी समग्र अर्थतन्त्रलाई गतिशील बनाउन करका दरमा बृहत पुनरावलोकन गरेको अर्थमन्त्रीले घोषणा गर्नुभएको छ। करको बोझ घटाउन आयकरको छुटको सीमा दोब्बर गरी व्यक्तिका लागि दश लाख रुपियाँ पुर्याएको अर्थमन्त्रीले घोषणा गर्नुभएको छ ।
