• ट्रेण्डिङ्ग :
तुलसीपुर उपमहानगरपालिकाको बजेट दुई अर्व ४४ करोड

तुलसीपुर उपमहानगरपालिकाको बजेट दुई अर्व ४४ करोड


  • 1.3K
    SHARES
    • आषाढ ८, २०८३ सोमबार
    • २ महिना अघि
    • 2.0K Views

    तुलसीपुर उपमहानगरपालिकाको बजेट दुई अर्व ४४ करोड

    तुलसीपुर, असार ८ । दाङको तुलसीपुर उपमहानगरपालिकाले दुई अर्ब ४४  करोड ९५ लाख रुपियाँको बजेट ल्याएको छ । आर्थिक वर्ष २०८२–८३ भन्दा आगामी आर्थिक वर्ष २०८३–८४ मा ३८ करोड बढी बजेट ल्याइएको हो । 

    images

    आगामी आर्थिक वर्ष २०८३–८४ का लागि उपप्रमुख स्यानी चौधरीले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । जसमा आन्तरिक स्रोतबाट ५४ करोड, स्थानीय तह राजस्व बाँडफाँटसहित मालपोत रजिस्ट्रेसनबाट २४ करोड, ढुंगा, गिटी, विज्ञापन करबाट १५ लाख आम्दानी हुने लक्ष्य लिइएको छ ।

    संघीय सरकारको समानीकरण अनुदान २८ करोड ७७ लाख, ससर्त अनुदान ६७ करोड २३ लाख, समपूरक अनुदान ६० लाख, संघीय विशेष अनुदान ८८ लाख र राजस्व बाँडफाँट संघतर्फ २४ करोड नौ लाख ५७ हजार,  प्रदेश सरकारबाट ससर्त अनुदान दुई करोड दुई लाख ५० हजार, समपूरक अनुदान एक करोड ५० लाख, विशेष अनुदान २० लाख, राजस्व बाँडफाँट प्रदेश दुई करोड ४१ लाख  ८६ हजार, सडक बोर्डबाट एक करोड, नगर विकाश कोष दुई करोड दश  लाख गरी कुल दुई अर्ब ४४ करोड ९५ आम्दानी हुने लक्ष्य राखिएको छ ।  

    चालुतर्फ एक अर्ब ३९ करोड ६० लाख अर्थात् ५६ प्रतिशत, पुँजीगततर्फ एक अर्ब एक करोड ३८ लाख २८ हजार अर्थात् ४२.३५ प्रतिशत बजेट र वित्तीय अनुदानतर्फ ४ करोड अर्थात् १.६५ प्रतिशत बजेट विनियोजन गरिएको छ । 

     


    तेस्रो आँखा