• ट्रेण्डिङ्ग :
आज पनि सुनचाँदीको मूल्य घट्यो

आज पनि सुनचाँदीको मूल्य घट्यो


  • 1.8K
    SHARES
    • आषाढ १०, २०८३ बुधबार
    • ४ महिना अघि
    • 2.8K Views

    आज पनि सुनचाँदीको मूल्य घट्यो

    काठमाडौँ, असार १० गते । स्थानीय बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला तीन हजार ६०० रुपियाँले घटेको छ भने चाँदी १०५ रुपियाँले घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५०० र चाँदीको मोल चार हजार ४८५ रुपियाँ निर्धारण भएको छ ।

    हिजो मङ्गलबार एक तोला सुन दुई लाख ८७ हजार १०० र एक तोला चाँदी चार हजार ५९० रुपियाँमा खरिद बिक्री भएको थियो ।

    त्यसैगरी, गत सोमबार एक तोला सुन दुई लाख ८८ हजार ७०० र त्यति नै परिमाणको चाँदी चार हजार ७३० रुपियाँमा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ६४ र चाँदी ६१ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ ।


    तेस्रो आँखा