• ट्रेण्डिङ्ग :
सुनचाँदीको मूल्य आज पनि बढ्यो

सुनचाँदीको मूल्य आज पनि बढ्यो


  • 1.4K
    SHARES
    • आषाढ १९, २०८३ शुक्रबार
    • २ महिना अघि
    • 2.2K Views

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    काठमाडौँ,  असार  १९ ।  स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा सुन तोलामा रु सात हजार २०० र चाँदी रु १६५ ले बढेको हो । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला रु दुई लाख ९० हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ६१५ कायम भएको छ ।

    हिजो बिहीबार छापावाल सुुन प्रतितोला रु दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४५० कायम भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १७९ र चाँदी ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


    तेस्रो आँखा