• ट्रेण्डिङ्ग :
फिफा विश्वकप: पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

फिफा विश्वकप: पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा


  • 2.9K
    SHARES
    • आषाढ २३, २०८३ मंगलबार
    • २ महिना अघि
    • 4.5K Views

    फिफा विश्वकप: पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

    काठमाडौँ, असार २३ गते । फिफा विश्वकपको राउन्ड अफ – १६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

    images

    अमेरिकाको डलास खेलमैदानमा भएको खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा जाने सङ्केत देखिएको थियो । तर खेलको दोस्रो हाफको अतिरिक्त समयमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई महत्त्वपूर्ण जित दिलाएउनुभयो ।

    यो जितसँगै स्पेन विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ भने पोर्चुगलको उपाधि यात्रा राउन्ड अफ १६ मै समाप्त भएको छ । यसैबिच, स्पेन १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । यसअघि सन् २०१० मा विश्वकप च्याम्पियन बनेको स्पेन त्यसयता क्वाटरफाइनलमा पुग्न सकेको थिएन । अन्तिम समयमा विजयी स्पेन विजयी भएसँगै पोर्चुगल विश्वकपबाट बाहिरिएको छ । रासस 


  • सम्बन्धित विषय:

  • # पोर्चुगल

  • तेस्रो आँखा