• ट्रेण्डिङ्ग :
फिफा विश्वकप २०२६:  फ्रान्स सेमिफाइनलमा प्रवेश

फिफा विश्वकप २०२६:  फ्रान्स सेमिफाइनलमा प्रवेश


  • 1.2K
    SHARES
    • आषाढ २६, २०८३ शुक्रबार
    • २ महिना अघि
    • 1.9K Views

    फिफा विश्वकप २०२६:  फ्रान्स सेमिफाइनलमा प्रवेश

    काठमाडौं, असार २६ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई  हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

    images

    अमेरिकाको बोस्टन स्टेडियममा शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा मोरक्कोलाई २–० गोलले पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा पुगेको हो ।

    एमबाप्पेले पहिलो हाफमा पेनाल्टीमार्फत गोल गर्न सक्नुभएन । दोस्रो हाफमा भने गोल गर्न सफल भए भने अर्को गोलका लागि सहयोगी बन्नुभयो ।

    फ्रान्स लगातार तेस्रोपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि फ्रान्सले सन् २०१८ मा विश्वकपको ट्रफी जितेको थियो भने २०२२ मा उपविजेता बनेको थियो ।

    आज खेलको ६०औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए ।  त्यसपछि खेलको ६६औँ मिनेटमा उनले नै पास मिलाएपछि उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाउनुभयो । यसपछि खेलमा थप गोल हुन सकेन र फ्रान्सले मोरक्कोमाथि २–० गोलको जित निकाल्यो ।

    फ्रान्सले अब सेमिफाइन खेलमा बेल्जियम र स्पेनबिचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ । रासस 


    तेस्रो आँखा