• ट्रेण्डिङ्ग :
गैर आवासीय नेपाली संघ अमेरिकाको १५ औ साधारण सभा आस्टिनमा हुदै

गैर आवासीय नेपाली संघ अमेरिकाको १५ औ साधारण सभा आस्टिनमा हुदै


  • 4.1K
    SHARES
    • आषाढ २९, २०८३ सोमबार
    • २ महिना अघि
    • 6.4K Views

    गैर आवासीय नेपाली संघ अमेरिकाको १५ औ साधारण सभा आस्टिनमा हुदै

    अस्टिन/ टेक्सास । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको १५औँ वार्षिक साधारण सभा तथा ज्ञानसम्मेलन टेक्सासको राजधानी अस्टिनसँगै रहेको राउण्ड रक शहरमा हुँदैछ।

    images

    यही जुलाई १८ र १९ गते राउण्ड रकको चिसहोल्म ट्रेलमा रहेको होलिडे इनमा कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी दिएका छन्। कार्यक्रममा सहभागी हुन अमेरिकाका विभिन्न राज्यहरूबाट संस्थाका पदाधिकारी, सदस्य र शुभचिन्तकहरू सहभागी हुनेछन्।

    यस कार्यक्रमको मुख्य उद्देश्य अमेरिकामा रहेका नेपाली प्रवासीहरुको आवाजलाई संगठित गर्नुका साथै उनीहरूको प्रत्यक्ष सहभागितामा संस्थाको भावी नीति निर्माण गर्नु रहेको संस्थाका उपाध्यक्ष तथा यस कार्यक्रमका संयोजक सुरेन्द्र लौडारीले जानकारी दिए।

    साधारण सभासँगै आयोजना गरिएको ज्ञानसम्मेलनमा विज्ञान प्रविधि, इन्जिनियरिङ, गणित ,स्वास्थ्य विज्ञान, र प्राकृतिक विज्ञान तथा योग, लगायत सामाजिक विषय र कानुनी विषयमा जानकारीमूलक कार्यपत्रहरू प्रस्तुत गरिने कार्यक्रम रहेको छ।

    गैरआवासीय नेपालीहरूको संगठनमा विश्वमै शक्तिशाली मानिएको अमेरिकाको यो समन्वय परिषद्को साधारण सभाले संस्थाको संगठन विस्तार गर्दै नेपाललाई अझै लाभ पुर्याउन सक्ने गरी सक्रिय र सशक्त पार्न सदस्यहरूलाई खुला छलफल तथा विचारको बहस गर्ने अवसर प्रदान गर्नेछ।


    नारायण भण्डारी
    लेखकबाट थप