• ट्रेण्डिङ्ग :
रौतहटमा युवकको आत्मदाह प्रयास, काठमाडौँ रेफर

रौतहटमा युवकको आत्मदाह प्रयास, काठमाडौँ रेफर


  • 1.8K
    SHARES
    • आषाढ ३१, २०८३ बुधबार
    • २ महिना अघि
    • 2.8K Views

    रौतहटमा युवकको आत्मदाह प्रयास, काठमाडौँ रेफर

    रौतहट, असार ३१ गते । रौतहटको गरुडा नगरपालिका–९ का एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा घाइते भएका छन्। गरुडा नगरपालिका–९, गम्हरिया टोलका २८ वर्षीय गौतमकुमार सहनीले मध्यरातमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको उहाँका बुवा देवेन्द्र सहनीले जानकारी दिनुभयो।

    images

    उहाँका अनुसार आगोले जलेपछि गौतमलाई तत्काल उपचारका लागि बेटर नेपाल अस्पताल गरुडा लगिएको थियो। चिकित्सकले थप उपचारका लागि उहाँलाई कीर्तिपुरस्थित बर्न अस्पताल रेफर गरेका छन्।

    प्रहरी चौकी बिर्ताका प्रहरी सहायक निरीक्षक मनोज दासका अनुसार प्रारम्भिक उपचारमा संलग्न चिकित्सकले गौतमको घाँटीदेखि मुखसम्मको भागसहित करिब ३१ प्रतिशत शरीर जलेको र स्वास्थ्य अवस्था मध्यम रहेको जानकारी दिएका छन्।

    “परिवारजनका अनुसार घाइते गौतमले नियमित रूपमा मानसिक औषधी सेवन गर्दै आएका थिए। घटनाको दिन उनले मादक पदार्थसमेत सेवन गरेको बताइएको छ,” प्रहरी सहायक निरीक्षक दासले भन्नुभयो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

     


    तेस्रो आँखा