• ट्रेण्डिङ्ग :
तुलसीपुरका शिक्षक भण्डारी बलात्कार आरोपमा पक्राउ

तुलसीपुरका शिक्षक भण्डारी बलात्कार आरोपमा पक्राउ


  • 2.2K
    SHARES
    • आषाढ ३२, २०८३ बिहीबार
    • ३ महिना अघि
    • 3.4K Views

    तुलसीपुरका शिक्षक भण्डारी बलात्कार आरोपमा पक्राउ

    तुलसीपुर , असार ३२। तुलसीपुरका एक जना शिक्षक बलात्कार आरोपमा पक्राउ परेका छन् ।
    तुलसीपुर उपमहानगरपालिका – ७ का ४२ बर्षीय शिक्षक धनिराम भण्डारी अर्थात डिआर भण्डारी बुधबार पक्राउ परेका हुान

    images

    उनी माथि मंगलबार राति तुलसीपुर – ६ स्थित एक होटेलमा १७ बर्षीया किशोरीलाई बलात्कार गरेको भन्ने किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक अशिम हमालले राति स्थानीयको सहयोगमा होटेल बाटै नियन्त्रणमा लिइएका सोही ठाउँका अर्का एक ब्यक्ति भने छुटेका छन् ।
    पीडित किशोरीले शिक्षक भण्डारीको बिरुद्ध मात्रै किटानी जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ ।

    प्रहरीले दिएको जानकारी अनुसार मंगलबार राति तुलसीपुर उपमहानगरपालिका –६ स्थित एक होटेलमा मदिराले मातेका शिक्षक भण्डारीले सोही होटेलमा वयटरको काम गर्दै आएकी १७ बर्षीया किशोरी एक्लै भएको मौका छोपी आँफैले ढोका थुनेर बलात्कार गरेका थिए ।

    बालात्कार पछि किशोरी ढोका खोलेर रुँदै बाहिर निस्किएर गुहार माग्न थालेपछि शिक्षक भण्डारी त्यहाँबाट भागेका थिए । प्रहरीका अनुसार उनी गाडी हाँकेर भाग्ने क्रममा नकिजै गाडी दुर्घटनामा परेको थियो । त्यसपछि उनी सडकमै गाडी छोडेर भागेका थिए । दुर्घटना ग्रस्त गाडी रातिमा प्रहरीले जेसिबीको साहेताले तानेर लगेको थियो ।

    बलात्कार पछि फरार भएका भण्डारीको राति नै प्रहरीले खोजी गरेपनि फेला पार्न सकेको थिएन । बिहान किशोरीको किटानी जाहेरी पछि भण्डारी साढे ११ बजेतिर पक्राउ परेका थिए । प्रहरीका अनुसार पक्राउ परेका भण्डारी तुलसीपुर–७ स्थित एक बिद्यालयका शिक्षक हुन ।

    प्रहरी बलात्कार आरोपमा पक्राउ परेका शिक्षक भण्डारीलाई बिहीबार अदालतमा म्याद थपका लागि लैजाने जनाएको छ ।


    तेस्रो आँखा