• ट्रेण्डिङ्ग :
साविक विजेता अर्जेन्टिना विश्वकपको फाइनलमा

साविक विजेता अर्जेन्टिना विश्वकपको फाइनलमा


  • 1.7K
    SHARES
    • आषाढ ३२, २०८३ बिहीबार
    • २ महिना अघि
    • 2.5K Views

    साविक विजेता अर्जेन्टिना विश्वकपको फाइनलमा

    काठमाडौँ, असार ३२ गते । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ ।

    images

    अमेरिकास्थित एटलान्टा स्टेडियममा बिहीबार बिहान भएको खेलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई २–१ गोलले हरायो । प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा अर्जेन्टिनाले पुनरागमन जित निकालेको हो । 

    अर्जेन्टिनाको जितमा एन्जो फर्नान्डेज र लौटारो मार्टिनेजले गोल गर्नुभयो । खेलमा सुरुवाती अग्रता इङ्ल्यान्डले लिएको थियो । ५५औँ मिनेटमा एन्थोनी गोर्डनले पोस्ट नजिकबाट जाली चुमाउनुभएको थियो ।

    त्यसपछि थप आक्रामक बनेको अर्जेन्टिनाले ८५औँ मिनेटमा बराबरी गोल फर्कायो । एन्जो फर्नान्डेजले कप्तान लियोनल मेस्सीको पासमा डिबक्सबाहिरबाट उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

    फर्नान्डेजको शसक्त प्रहारलाई विपक्षी गोल रक्षकले नियाल्न समेत भ्याउनुभएन । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा लौटारो मार्टिनेजले उत्कृष्ट हेड गोल गर्दै अर्जेन्टिनालाई उपाधि नजिक पुर्‍याउनुभयो ।

    उहाँले कप्तान मेस्सीकै पासमा गोल गर्नुभएको हो । कप्तान मेस्सीको गोल गर्ने प्रयास भने सफल भएन । दुवै गोलमा पास मिलाउनुभएका मेस्सी प्लेयर अफ दि म्याच हुनुभयो । 

    मेस्सी जारी विश्वकपमा सर्वाधिक आठ गोल गर्दै गोल्डेन बुटको दौडमा हुनुहुन्छ । लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको अर्जेन्टिनाले उपाधि रक्षाका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

    यसअघि पहिलो सेमिफाइनल खेलमा स्पेनले साविक उपविजेता फ्रान्सलाई २–० गोलले हराएर फाइनलमा प्रवेश गरेको हो । एजेन्सी 


    तेस्रो आँखा