• ट्रेण्डिङ्ग :
मेसी र यमलको अनौठो संयोग: १९ वर्षअघि काखमा खेलाएका शिशु नै फाइनलमा प्रतिस्पर्धी

मेसी र यमलको अनौठो संयोग: १९ वर्षअघि काखमा खेलाएका शिशु नै फाइनलमा प्रतिस्पर्धी


  • 1.6K
    SHARES
    • आषाढ ३२, २०८३ बिहीबार
    • २ महिना अघि
    • 2.5K Views

    मेसी र यमलको अनौठो संयोग: १९ वर्षअघि काखमा खेलाएका शिशु नै फाइनलमा प्रतिस्पर्धी

    काठमाडौँ, असार ३२ गते । अर्जेन्टिना र स्पेनबिचको विश्वकप फुटबलको फाइनल खेलअघि फुटबल जगतमा एउटा रोचक संयोगको चर्चा चुलिएको छ । झन्डै दुई दशकअघि बार्सिलोनाका तत्कालीन स्टार स्ट्राइकर लियोनेल मेसीले बाल्यकालमा नुहाइदिएका एक शिशु आज उनैका विरुद्ध विश्वकपको फाइनलमा प्रतिस्पर्धीका रूपमा मैदान उत्रिँदै छन् । ती शिशु हुन्- स्पेनका उदीयमान युवा खेलाडी लामिन यमल ।

    images

    यो संयोग १९ वर्षअघिको हो, जतिबेला संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) को एउटा परोपकारी कार्यक्रमका लागि मेसी अनुबन्धित थिए । सोही कार्यक्रमअन्तर्गत मेसीलाई माटारो गाउँको एउटा परिवारसँग जोडिएको थियो ।

    त्यस क्रममा बार्सिलोनाको ‘क्याम्प नोउ’ रङ्गशालाको ड्रेसिङ रुममा मेसी र ती शिशुबिच भेट गराइएको थियो । आधा पानी भरिएको प्लास्टिकको बाटामा राखिएका पाँच महिनाका ती बालकलाई मेसीले नुहाइदिनुभएको थियो  भने काखमा राखेर खेलाउनु पनि भएको थियो । 

    वर्षौँअघि मेसीले काखमा लिएका तिनै बालक सोमबार बिहान हुने फाइनल भिडन्तमा स्पेनको टोलीबाट मेसीकै विरुद्ध मैदानमा देखिँदै छन् । १९ वर्षअघि खिचिएको उक्त ऐतिहासिक तस्बिर यतिबेला संसारभर भाइरल बनेको छ, जसले विश्वभरका फुटबलप्रेमीलाई अचम्मित तुल्याएको छ । 

     


    तेस्रो आँखा